०६ बैशाख २०८२, शनिबार

फेरि पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको भने घट्यो

Logo
Lumbini Paribesh सोमबार, पुष ०१, २०८१

नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५० रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५० रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६२ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५१ रूपैयाँ पर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]