११ बैशाख २०८२, बिहिबार

अर्घाखाँचीमा पहिरोले गाेठ पुरिँदा एक जनाको ज्यान गयाे

Logo
Lumbini Paribesh मंगलबार, भाद्र ०४, २०८१

अर्घाखाँची – अर्घाखाँचीकाे सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको ज्यान गएकाे छ ।

अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयाे । बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेकाे पहिरोले पुरेको थियो ।

गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेका प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]