३० चैत्र २०८१, आइतबार

नवलपरासीको कुनै क्याम्पसमा हुँदैन गणित विषय अध्यापन

Logo
रञ्जीत शर्मा/ नवलपरासी/ शनिबार, साउन २६, २०८१

देशमा गणित विषयको शिक्षक अभाव भए सँगै पश्चिम नवलपरासीका विभिन्न विद्यालयहरुले गणित विषयका शिक्षक पाउन सकेका छैनन्।

यति बेला जिल्लाको रामग्राम १८ पण्डितपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सात पटक विज्ञापन आह्वान गर्दा समेत गणित शिक्षक नभएको खबर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।


नवलपरासीका विद्यालयहरुमा गणित विषयको शिक्षक न पाउनु धेरै कारण भए पनि प्रमुख कारण यहाँका क्याम्पसहरू गणित विषय अध्यापन न हुनु पनि एक हो ।

पश्चिम् नवलपरासीमा हाल स्नातक तहसम्म अध्यापन हुन ५ क्याम्पस सञ्चालनमा रहेका छन्। जिल्ला कै सबै भन्दा पुरानो वि.स. २०४६ सालमा स्थापना भएको पाल्ही बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन सन्कायको बिबिएस र शिक्षा सन्काय तर्फ बिएडमा मेजर नेपाली, अङ्ग्रेजी, स्वास्थ्य र जनसंख्या र एक वर्ष बिएड
अध्यापन हुन्छ गरेको छ भने केही वर्ष पहिला बिए समेत अध्यापन हुने गर्थ्यो तर प्रविधि संगै परिवर्तन हुन न सकेर र शिक्षकको अभावले सबै कटौती हुन गएको छ। यहाँ गणित विषय अध्यापन हुँदैन। 

त्यस्तै वि०स० २०४७ सालमा स्थापना भएको दिव्यज्योती बहुमुखी क्याम्पस चिसापानीमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र बिबिए, शिक्षा तर्फ बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने गरेकाे छ भने स्नातकोत्तर तर्फ व्यवस्थापन सन्कायको एमबीएस तथा शिक्षा सन्काय तर्फ एमएड अङ्ग्रेजी र नेपाली दुवै माध्याममा अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

त्यसै गरी वि.स.२०६१ सालमा स्थापना भएको त्रिभुवन क्याम्पस बेलाटारीमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस शिक्षा बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

त्यसै गरी वि.स. २०६० स्थापना भएको महाकवि देवकोटा क्याम्पसमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र बिबिए, शिक्षा तर्फ बिएड,एक वर्ष बिएड र मानवीय सन्काय तर्फ बिए,प्राविधीक तर्फ विआईसिटीई अध्यापन हुने गरेकाे छ भने स्नातकोत्तर तर्फ व्यवस्थापन सन्कायको एमबीएस तथा शिक्षा सन्काय तर्फ एमएड अङ्ग्रेजी र नेपाली दुवै माध्याममा अध्यापन हुने भए पनि गणित विषय यहां पनि अध्यापन हुँदैन।

यसै गरी बि०स० २०६६ सालमा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसमा हाल स्नातक तर्फ व्यवस्थापन संकायको बिबिएस र मानवीय सन्काय तर्फ बिए अध्यापन हुने गरेको छ। वि.स. २०७३ साल पहिला गणित विषय अध्यापन हुने भए पनि हाल अध्यापन भएको छैन।

अर्थात नवलपरासी जिल्लाका क्याम्पसहरु गणित विषय अध्यापन न हुनुको प्रमुख कारण गणित अध्ययनको लागि विद्यार्थीको संख्या अति नै न्यून हुनु, क्याम्पस तहमा अध्यापन गराउने प्रध्यापक नहुनु, विद्यालय तह बाटै विद्यार्थीको संख्यामा कमी हुनु,विद्यार्थीको रुचि न हुनु आदि कारणले गणित विषय अध्यापन हुन सकेको क्याम्पसहरुलाई जनाएका छन्। यसै कारणले गर्दा हाल गणित विषयको शिक्षकको अभाव भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]