३० चैत्र २०८१, आइतबार

मन्त्रालयनै खाली गरेर लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौंमा ।

Logo
विष्णु घिमिरे, बुटवल शनिबार, साउन २६, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं पुगेका छन्। मन्त्रालय खाली गरी काडमाडौं पुगेको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलिलाई भेट गर्ने कार्यक्रम रहेको छ। प्रदेशमा बजेट माग गर्न उनीहरु काठमाडौं गएको बताएका छन् ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदानको रकम दुई अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माणतर्फको भुक्तानी गर्नुपर्ने केही रकमसमेत दिन सकेको थिएन्। सो रकमसहित प्रदेशको विकास निर्माणका सम्वन्धमा कुरा राख्न मन्त्रीहरुको टोलि काठमाडौं पुगेको एक मन्त्रीले बताएका छन।

बुधबारदेखिनै काठमाडौं जान थालेका मन्त्रीहरु शुक्रबारसम्म सबै पुगिसकेका छन्। शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम अनुसार सबै मन्त्री पुगेपनि भेटघाट कार्यक्रम दुईदिन पर सरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै मन्त्रीहरु काठमाडौंमा रहेको र आइतबार ११ बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको बताउनुभएको छ।

लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित नौ मन्त्री रहेका छन। यहा मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन। १२ सदस्यीय बनाउने तयारीमा मुख्यमन्त्री रहेपनि कांग्रेस र एमालेको सहमति अनुसार कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त हुन बाँकी  छ। मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको अवस्थामा सबै मन्त्रालय खाली गरेर मन्त्रीहरु काठमाडौं लागेपछि यहा आलोचना भएको छ । 

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]