०७ बैशाख २०८२, आइतबार

दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु

Logo
लुम्बिनी परिवेश बिहिबार, साउन २४, २०८१

दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका-७ भैंसाही नाकाका २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा हिज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले बताउनुभयो ।

उहाँका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो । एक दशक यता नेपालमा औंलो संक्रमणबाट कसैको पनि मृत्यु नभएको र यो घटना पहिलो भएको आचार्यले जानकारी दिनुभयो । उपचारको लागी अस्पताल पुर्‍याउन ढिलाई भएका कारण बुढाको मृत्यु भएको उहाँले बताउनुभयो । भैंसाही नाकामा औलो संक्रमण फैलिएपछी स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको हो । भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन् । औंलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखा पर्छ । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]