०७ बैशाख २०८२, आइतबार

न्यायसम्बन्धी विधेयक : आज समितिबाट पारित गर्ने र २९ गते प्रतिनिधिसभामा पेस गर्ने तयारी

Logo
लुम्बिनी परिवेश बिहिबार, साउन २४, २०८१

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामाबाट पारित हुने प्रक्रियामा पुगेको छ ।

विधेयकका सम्बन्धमा नमिलेका चार वटा विषयमा कार्यदलले गरेको सहमतिलाई शीर्ष नेतृत्वले अनुमोदन गरेसँगै १७ महिनादेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक पारित हुने प्रक्रियामा जान लागेको हो ।

विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिको बैठक आज बस्दैछ । समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयकलाई आजै संशोधनसहित पारित गर्ने र आउँदो २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।

कार्यदलले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरू र ज्यान गुमाएका, घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी वा उनीहरुका परिवारलाई परिपूरण र घटी सजायको मागदाबीको विषयमा सहमति जुटाएको हो ।

विधेयकका अरु विषयमा कानुन समितिकै उपसमितिले सहमति जुटाएर १५ वटा संशोधनसहित प्रतिवेदन मुल समितिलाई बुझाइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]