३० चैत्र २०८१, आइतबार

बंगलादेशको राजनीतिक घटनाक्रमपछि नवलपरासीका सीमा क्षेत्रमा बढाइयो निगरानी

Logo
लुम्बिनी परिवेश मंगलबार, साउन २२, २०८१

बङ्ग‌लादेशमा उत्पन्न राजनिती घटनाक्रमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणको निर्देशन अनुसार सुरक्षा योजना तयार पारी कडाइका साथ असम्बन्धित र तेस्रो देशका नागरिकहरूको घुसपैठ तथा अवैध प्रवेश बढ्न सक्नेतर्फ सचेत रहँदै सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणले जनाएको छ ।

नवलपरासीमा सशस्त्र प्रहरीको एक सिमा सुरक्षा गुल्म र चारवटा विओपीहरू सिमा सुरक्षाको लागि तैनाथ गरिएको छ । जिल्लाका प्रतेक विओपीले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कन सहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएका छन् ।

सशस्त्र प्रहरीले तेस्रो देशका नागरिकहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइए संगै अन्य सुरक्षा निकायहरू संग आवस्यक समन्वय गरी काम गर्दै आएको सशस्त्र प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]