

काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भनी आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा उनी प्रहरीको खोजीको सूचीमा रहेकोले ‘भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन’ हुन भनी अनुरोध गरेको छ ।