२८ चैत्र २०८१, शुक्रबार

सरावल गाउँपालिकाबाट एक वर्षमा ३ सय जनाले पाए श्रम स्वीकृति

Logo
नवीन पौडेल मंगलबार, पुष १६, २०८१

पालिकाबाटै श्रम स्वीकृति हुन थालेपछी पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्थानीय लाभान्वित भएका छ्न् । श्रमको लागि काठमाडौ जाँदा आर्थिक र समय ब्यवस्थापनमा कठिनाई भोग्दै आएका स्थानीय गाउँपालिकामानै स्वीकृति पाएपछि खुसी छ्न् ।

पछिल्लो एक वर्षमा सरावल गाउँपालिकाबाट मात्र ३ सय जनाले श्रम स्वीकृति लिएका छ्न् । वैदेशिक रोजगार बोर्डबाट हुने सेवापनी गाउँपालिकाबाटै प्रदान हुँदै आएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू पर्ने र सोका लागि गाउँपालिकाबाट सबै सेवा प्रदान हुने रोजगार शाखा प्रमुख नेत्र भण्डारीले बताउनुभएको हो ।

हिजो भएको अभिमुखिकरण कार्यक्रममा पालिकाबाट भएको कामको प्रसंशा गर्दै सेवा लाई थप प्रभावकारी बनाउन सेवाग्राही र सहभागिले सुझाब दिएका थिए । 

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@lumbiniparibesh@gmail.com