
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिमा शनिवार बेलुकी देउसी भैलो सवार सवारीसाधन दुर्घटना हुँदा १० जना घाईते भएका छन् । सुस्ता गाउँपालिका वडा नं. ३ को गुदरियाबाट नर्सहीतर्फ जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडि शनिवार साँझ साढे ५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा पिकअप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।[caption
पिकअपमा २५ जना यात्रु रहेका मध्ये १० जना घाईते भएका छन् । दुर्घटनामा घाईते सवै एक गाउँका रहेका बताइएको छ । दुर्घटनामा परी घाईते हुनेहरु सुस्ता–२ गुदरियाका १६ वर्षीया सुष्टि मुखिया, १९ वर्षीया मञ्जु महतो , २१ वर्षीया रेखा महतो , २१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया, १५ वर्षीया तीलकुमारी मुखिया, २३ वर्षीय विवेक चौधरी र १३ वर्षीय ईशान्त मुखिया घाईते भएका छन् । घाईते सवैको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ भने पिकअप चालक प्रहरी नियन्त्रणमा रहेको सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो ।