
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकामा आ.व २०८०।०८१ मा ६५ जनाले न्यूनतम रोजगार कार्यक्रममा अवसर पाएका छन् । नगरपालिकाले सूचिकृत गरेका वेरोजगारहरुमध्ये उनीहरुले कार्यक्रममा अवसर प्राप्त गरेको नगरपालिकाले जनाएको छ । सूचिकृत मध्येबाट छनोट भएका ९० प्रतिशत महिला रहेको बताइएको छ । सरकारले कार्यक्रमका लागि ६ सय ६८ रुपैया दैनिक ज्याला तोकेको थियो । संझौतानुसार कार्यमूल्यांकनको आधारमा ६५ जनालाई ४१ लाख २८ हजार ९०८ रुपैया भुक्तानी गरिएको रामग्राम नगरपालिकाका रोजगार प्रमुख सुमन ज्ञवालीले जानकारी दिनु भयो ।
संझौता अनुसार न्यूनतम एक सय दिन काम गर्नु पर्ने थियो । रामग्राम नगरपालिकाको वडा नं. ७, ९, १०, ११ र १६ मा कृषि बाटो मर्मत, वडा नं. १८ मा सिंचाई कुलो मर्मत, वडा नं. १, २, ३ र ५ मा सरसफाई तथा वडा नं. ११ को बनदेवीमा बृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न भएको रोजगार प्रमुख ज्ञवालीले बताउनु भयो ।

Compressed by jpeg-recompress
यस्तै चालु आ.व. २०८१।०८२ का लागि गत फागुनमा रामग्राममा सूचिकृत भएका वेरोजगार २ सय ७१ जना रहेका छन् । जसमा महिला १ सय ८९ जना र पुरुष ८२ जना छन् ।