३० चैत्र २०८१, आइतबार

रामग्राम नगरपालिकाले मोतियाबिन्दुका बिरामिको निशुल्क शल्यक्रिया गरिदिने

Logo
लुम्बिनी परिवेश शुक्रबार, कार्तिक ३०, २०८१

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मोतियाबिन्दुका बिरामिको निशुल्क शल्यक्रिया गरिदिने भएको छ । मोतियाबिन्दु भएका नगरवासीको निशुल्क शल्यक्रिया गर्न आज नगरपालिकाले परासीमा रहेको डाक्टर विनोद निता कंण्डेल आखाँ अस्पताल संग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसमा निशुल्क शल्यक्रिया गर्ने गरी सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यम बहादुर कुँवरले जानकारी दिनुभयो । नगरपालिकाले आखाँ अस्पताललाई दुई लाख पचास हजार रुपैयाँ शल्यक्रियाका लागी उपलब्ध गराउने छ । ४६ जनालाई उक्त बजेटमा शल्यक्रिया गर्न सकिने आखाँ अस्पतालका व्यवस्थापक अजय पाण्डेले बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको बजेटमा प्रति बिरामि शल्यक्रिया खर्च बापत ११ सय रुपैयाँ अस्पतालले लागत साझेदारीमा व्यर्होने जनाएको छ ।

विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग पुगोस् भन्ने हेतुले नगरपालिकाले निशुल्क शल्यक्रियाको व्यवस्था गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । उहाँले तत्कालका लागी बजेटको उपलब्धताको आधारमा ४६ जनाको शल्यक्रिया निशुल्क गरिने र आगामी बजेटमा रकम वृद्धि गरी यो कार्यक्रमलाई थप व्यापक बनाईने यादवले बताउनुभयो । लामो समय सम्म मोतियाबिन्दको उपचार नगर्दा कतिको दृष्टिनै गुम्ने जोखिम पनि देखिएकाले सोहि कुरालाई मध्यनजर गर्दे यस्तो कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ । नगरपालिकाको सिफारिसको आधारमा अस्पतालले शल्यक्रिया गर्ने जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले बताउनुभयो ।

यसैगरी नगरपालिकाले आजै रामग्रामबासीलाई निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी संग सम्झौता गरेको छ । रेडक्रशलाई दुई लाख ५० हजार रकम विनियोजन गरी नगरबासीलाई निुशल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपरासीका सभापती राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । विगतमा पनि निशुल्क रगत उपलब्ध गराउदै आएको बताउदै अग्रहरीले नगरपालिकाले बजेट विनियोजन गरी सहयोग गरेको अग्रहरीले उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षमा रामग्रामबासीको लागी मात्रै रेडक्रशले ५ सय ७० पिन्ट रगत निशुल्क उपलब्ध गराएको थियो । नगर प्रमुख यादवले रगत जस्तो अत्यावश्यक कुरामा नगरबासीलाई समस्या नहोस् भन्ने उदेश्यले निशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईएको बताउनुभयो 

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]