३० चैत्र २०८१, आइतबार

खेतियोग्य जमिनमा सिचाँई सुविधा पुर्याउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिचाँई पुर्वाधार निर्माणको काम सुरु

Logo
लुम्बिनी परिवेश शुक्रबार, कार्तिक ३०, २०८१

खेतियोग्य जमिनमा सिचाँई सुविधा पुर्याउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिचाँई पुर्वाधार निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले सिचाँई सुविधाको अभाव रहेका सुख्खा क्षेत्र छनौट गरी झन्डै दुई करोडको लागतमा ९ स्थानमा सिचाँई सुविधाका लागी डिप ट्युबेल निर्माणको काम थालेको हो । रामग्राम नगरपालिका वडा नम्बर १३ बाट काम सुरु भएको र आवश्यकता पहिचान गरी विभिन्न स्थानमा डिप ट्युबेल निर्माणलाई तिव्रता दिईने नगर प्रमुख धनपत यादवले बताउनुभयो । रामग्राम कृषि प्रधान पालिका हो, हामीले कृषिमा लगानी वृद्धि गरी यो वर्ष बाट दुत्र गतीमा किसानहरुलाई सिचाँई सुविधा पुर्याउन काम सुरु गरेका छौ, यादवले भन्नुभयो । सडक नाला निर्माण भन्दा पनि किसानलाई आवश्यक सिचाँईको सुविधा विस्तार गर्न सके आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले नगरपालिकाले सिचाँईका पुर्वाधार निर्माण सुरु गरेको नगर प्रमुख यादवले बताउनुभयो ।
साथै उहाँले ट्याकिं बनेर खानेपानी विस्तार हुन नसकेको खानेपानी आयोजना पनि संञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
 शुद्ध पिउने पानीको अभाव कम गर्न डिप ट्युबेल बाट निस्किएको पानी समेत परिक्षण गरी योग्य भएमा पिउनको लागी समेत उपयोग गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । सिचाँई सुविधा नहुदा नगरका केहि स्थानमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दे नगरपालिकाले चालु आर्थिक वर्षमा सिचाँई पुर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्राममा अधिकांश घरधुरी कृषि पेशामा आश्रित छन् । आज रामग्राम १३ पाडाटिकरमा १६ लाखको लागतमा डिप ट्युबेल निर्माणको काम सुरु भएको छ । जय माँ ड्रिर्लिङ्ग रुपन्देहिले दशैँ अगावै काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको रामग्राम नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरले जानकारी दिनुभयो ।  उक्त डिप ट्युबेल मार्फत एक सय पचास विगाह भन्दा बढि क्षेत्रफलमा सिचाँई सुविधा पुग्ने छ ।

सिचाँईको सुविधा नहुदा निकै समस्या भोग्नुपरेको बताउदै स्थानिय समाजसेवि अवधराज यादवले खुसि व्यक्त गर्नुभयो । वडा अध्यक्ष असनारायण चौधरीले वडा नम्बर १३ भित्रै अन्य स्थानमा पनि भुमिगत पानीले सिचाँईको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताउनुभयो । नगरपालिकाका कृषि शाखा प्रमुख किरण कुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिचाँईका कार्यक्रम विस्तार गरी कृषिलाई आधुनिकिकरण तर्फ लानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]