३० चैत्र २०८१, आइतबार

नदी कटानले साँघुरिदै रामनगर गाउँ, राम रामको छैन विकल्प

Logo
सुशील गैरे कपिलवस्तु मंगलबार, साउन २२, २०८१

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–३ रामनगर डिहवा गाउँका स्थानीय उर्लंदो सुराही नदीको कटानले नदी गाउँमा पस्ने डरले राम रामको भरमा बस्न बाध्य छन् । गाउँको १० हजार बिगाहा नदी कटानका कारण बगरमा परिणत भएको छ ।

जसमा स्थानीयले आठ नम्बरी २ हजार बिगाहा जति जग्गा जोत भोग गरेका खेतीयोग्य जमिनसमेत कटान भएको छ । सुरही नदीको तीव्र कटानका कारण रामनगर गाउँ साघुरिदै गएको छ। प्रत्येक वर्ष नदीले ४ सय मिटरको क्षेत्रमा कटान गर्दै गाउँतिर पस्दै आई रहेको छ ।

नदीको बाढीले गाउँमा जाने बाटोसमेत बगाएपछि रामनगर डिहवाबासी त्रसित भएका छन् । नदी कटानले १५ घर नदी कटानको उच्च जोखिममा रहेका छन् । बाढी गाउँमा समेत पस्ने गरेपछि असुरक्षित भएका स्थानीय तत्कालै नदी किनारमा तटबन्ध निर्माण गर्नुपर्ने बताउछ्न ।

नदीको मूलधारको पानीले गाउँतर्फ कटान गर्दै बग्न थालेपछि वर्षातको समयमा आवतजावतमा समस्या सिर्जना भएको बताए । गाउँ नै जोखिममा परेपछि जीउधनको सुरक्षाका निम्ति सम्बन्धित निकाय र सरोकारवालालाई यस विषयमा ध्यान पु¥याउन स्थानीय बब्बु भरले आग्रह गरे ।

उनी भन्छन् “ गाउँमा नदी पस्के परे गाउँ डुबान होइके एके नेता लोगन जल्दी समाधान गर्दिई ते अच्छा रहत, हाम्रे राम राम कहेक कौनो विकल्प नही। “ नदी कटानको जोखिममा परेका गाउँ बासीहरू अति गरिब भएकोले अन्यत्र गएर घर बनाउन सक्ने अवस्था समेत नरहेको र अहिले नदीले बाटो काटेपछि झन् गाउँ बासी समस्यामा परेको वडा अध्यक्ष हृदय विकास चौधरीले बताए । उनले समयमै उनीहरूको सुरक्षाका लागि तत्कालै तटबन्धको आवश्यकता देखिएको बताए ।

यता विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँको सिरानमा रहेको नदी कटान नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठुलो योजना आवश्यक पर्ने देखिएको बताए । उनले पालिकाको सीमित स्रोतले तटबन्ध निर्माणका लागि बजेट नपुग्ने भएकोले प्रदेश र केन्द्र सरकारसँग पटक पटक पहल गर्दै आएको उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]