३० चैत्र २०८१, आइतबार

पश्चिम नवलपरासीमा हुलाकि सडक निर्माणमा ढिलासुस्ती भएपछि प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव अनसनमा

Logo
लुम्बिनी परिवेश बिहिबार, कार्तिक २९, २०८१

पश्चिम नवलपरासीमा हुलाकि सडक निर्माणमा ढिलासुस्ती भएपछि प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव अनसनमा बस्नुभएको छ । आज देखि रिले अनसन सुरु गर्नुभएका अध्यक्ष यादवलाई जिल्लाका राजनैतिक दल र स्थानिय तहका जनप्रतिनिधिले साथ दिएका छन् । हुलाकि सडक अन्र्तगतको नारायणचोक त्रिवेणी खण्डमा पर्ने गोपिगंज देखि बेलाटारी सम्मको साढे छ किलोमिटर लामो सडक जिर्ण हुदा समेत निर्माण नभएको भन्दै अध्यक्ष यादव अनसनमा बस्नुभएको हो । उक्त सडक निर्माणको जिम्मा पाएको बज्र महालक्ष्मी जेभिले ठेक्का लागेको ६ वर्ष हुदा समेत जम्मा ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । संघिय सरकार अन्र्तगतको हुलाकि राजमार्ग योजना कार्यालय कपिलवस्तु मार्फत ठेक्का सम्झौता भएको उक्त आयोजना सम्पन्न गर्न पटक पटक ध्यानआर्कषण गराएपनि सुनुवाई नभएपछि बाध्य भएर अनसनमा बस्नुपरेको अध्यक्ष यादवले बताउनुभयो ।

आज देखि २७ गते सम्म इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशनमा बस्ने र कामले गति नलिए २८ गते बाट आमरण अनसनमा बस्ने अध्यक्ष यादवले बताउनुभयो । यस विषयमा यस अघिनै प्रधानमन्त्रीको समेत ध्यानआर्कषण गराएको गाँउपालिकाले जनाएको छ । यसअघि संघीय हुलाकी सडकको अधुरो काम तत्काल सम्पन्न गर्न संघ सरकारलाई पत्राचार र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपनि आफ्ना माग पूरा नभएको भन्दै आजबाट रिले अनशन सुरु गरेको बताईएको छ ।

अध्यक्षको नेतृत्वमा गाउँपालिकाका वडा अध्यक्ष र जनप्रतिनिधिहरू संयुक्तरुपमा अनशनमा बसेका हुन् । संविधानसभा सदस्य विक्रम खनाल, प्रदेश सभा सदस्य विश्वप्रेम पाठक लगायत जिल्लाका दलका नेता पनि अनशनमा सहभागी भएका छन् । २०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जिल्लामा तिन खण्डमा विभाजन गरेर भईरहेको हुलाकि सडकको सबै खण्डको काम उस्तै सुस्त छ ।  

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]