
संविधान दिवसको अवसरमा सुनवलमा विरुवा गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको छ । सुनवल नगरपालिकालाई सौन्दर्यकरण गर्नका लागी सुनवल नगरपालिका क्षेत्रमा पर्ने पुर्व हरकट्टा देखि पश्चिम ज्यामिरे सम्म लगाइएका विरुवाहरुमा गोडमेल गरेको हो । सुनवल नगरपालिका भित्रका करिव ४२ संघ सस्थाहरुको सहभागितामा गोडमेल तथा सरसफाई अभियान संविधान दिवसको दिन देखि सुरु गरेको हो ।
विरुवा गोडमेल कर्याक्रम सुनवल सत्मार्ग वहुआयमिक सेवा समाजका अध्यक्ष तथा सुनवल नगरपालिका का संस्थापक नगरप्रमुख भिमवहादुर थापाको अध्यक्षता तथा लुम्विनी प्रदेशका सभा सदस्य तथा पुर्व मन्त्रि खङ्ग वस्नेतको प्रमुख आतिथ्यतामा विरुवा गोडमेल कार्यक्रम शुभारन्भ भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सभा सदस्य वस्नेतले विरुवा गोडमेल कार्यक्रम वास्तमवै संविधान कार्यन्वयनका लागी प्रतिकात्मक रुपमा रहेको बताउनुभयो
संविधानलाई पालना गर्नको लागी कार्यन्वयन पक्षलाई जोड दिनुपर्ने बतउनुभयो ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले सबै जनताले अपनत्व हुने गरि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभया । सुनवल सत्मार्ग वहुआयमिक सेवा समाजका अध्यक्ष भिम बहादुर थापाले विरुवा गोडमेला तथा सरसफाई कार्यक्रममा उपस्थीत सवैलाई धन्यवाद दिदै सुनवलको पहिचान गराउनका निम्ती आफु नगरप्रमुख हुँदा लगाएको विरुवाहरुको संरक्षणकार्य अभाव भएको भन्दै विरुवा संरक्षण गर्नको लागी अभियानकै रुपमा लागेको बताउनुभयो । कार्यक्रममा यस क्षेत्रका ४२ संघ सस्थाहरुको सहभागिता रहेको थियो ।