
सुनवल नगरपालिकाको प्रशासकीय भवनको सभा हलमा बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको बिमा सम्बन्धि प्रदेश प्रमुख पुणर् बहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख मदन बहादुर जि सी, नगर प्रबक्ता कृष्ण प्रसाद बगाले ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाको शाखा प्रमुख कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न बिमा कम्पनीका बिमा निर्देशकहरुको सहभागिता रहेकोे थियो।
बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कृषि र पशुपन्छी बिमाको बारेमा सहभागी वडा अध्यक्षहरुले धारणा राख्नुभएको थियो । साथै जिबन बिमा, स्वास्थ्य बिमा लगाएत अन्य विभिन्न बिमाको बारेमा जानकारी गराइएको थियो र साथै नगरपालिकाले भवन लगाएतमा थोरै लगानीमा लाभ गराइले धेरै उपलब्धि हासिल गर्नु सक्ने भएकोले बिमा प्रती ध्यान दिनुपर्नेमा जोड दिएको थियो ।
कार्यक्रममा सहभागी मध्य ९ जनाले आ-आफ्नो धारण राखेका थिए । कार्यक्रमको सहजीकरण बिमा सम्बन्धि लुम्बिनी प्रदेश सह निर्देशक निर्मल खनालले गर्न भएको सुनवल वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।