
सुनवल नगरपालिकाको आयोजनामा डेंगु ज्वरो सम्बन्धी नगरपालिका स्तरिय डेंगु रोग अभिमुखिकरण तथा डेंगु ज्वरो गराउने लामखुट्टेको बासस्थान लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको छ ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर जिसीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालको विशिष्ट आतिथ्यतामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य र स्वास्थ्य सस्थामा कार्यरत सबैलाई अभिमुखिकरण तथा खोज र नष्ट अभियान संचालन गरिएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
हाल विश्वका सय भन्दा बढि देशमा फैलिएको यो रोग बाट संसारका ४० प्रतिशत जनसख्या यसको जेखिममा रहेको बताउदै एसिया महादेशमा बालबालिकाहरुको मुत्युको मुख्य कारण बन्दै गएको स्वास्थ्य कार्यालय नवलपरासीका मलेरिया ईन्स्पेक्टर देविराम पौडेले बताउनुभयो । हाल पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा डेंगुका बिरामीहरु अन्य पालिकामा भन्दा बढि रहेको जनाइएको छ ।
सुनवल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीले डेंगु रोग नियन्त्रणका लागी सबै जुटेर आ-आफनो क्षेत्रमा लार्भा खोज र नष्ट गर अभियान संचालन सहित सचेतना कार्यक्रमहरु गर्न जरुरी रहेको बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्ष मदन बहादुर जिसीले सुनवल नगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिदै अभियानकै रुपमा लैजानु पर्ने र सुनवल नगरपालिकालाई डेंगु संक्रमित रोगी मुक्त बनाउन आ-आफना क्षेत्र बाट लागी पर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपारासीका प्रमुख गौरव ढकालले रोगको बारेमा जानकारी दिदै भन्नुभयो प्रत्येक पालिकामा संचालन गर्ने भनेर सरावल गाउपालिका , बर्दघाट नगरपालिका र तेस्रो सुनवल नगरपालिकामा सुरुवात गरेको बताउनुभयो । तथ्याङ्क अनुसार बर्दघाट नगरपािलकामा १५ वटा डेंगुको केश देखिएको र सुनवल नगरपालिका चाही सर्पदंश, किटजन्य रोगहरु,टुयुबर कोलोसिस मलेरिया र डेंगु जोखि युक्त क्षेत्र भएको बताउनुभयो ।
जर्गाह सर्पदंश उपचार केन्द्र किटजन्य रोगहरु भएको बजार क्षेत्र भएकाले यसलाई छनोट गरी पालिका बाट निरोधन लिएर प्रत्येक बस्ती,प्रत्येक हप्ता सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सुरु गरेपछि आजबाट पालिका स्तर बाट सरसफाई गरि सुरु गरेको बताउनुभयो । कार्यक्रमको सहजीकरण सुनवल नगरपालिका स्वास्थ्य शाखाका सिअहेब चुणामणी नेपालले गर्नुभएको थियो ।