३० चैत्र २०८१, आइतबार

सरावल उद्योग बाणिज्य संघमा आबद्ध हुनेलाई औषधि उपचारमा सहुलियत उपलब्ध हुने

Logo
लुम्बिनी परिवेश मंगलबार, आश्विन २२, २०८१

सरावल उद्योग बाणिज्य संघमा आबद्ध हुने ब्यक्ति र तिनका परिवारलाई औषधी उपचार गराउँदा ब्यापक छुट पाउने भएका छन् ।

साेमबार सरावल उद्योग बाणिज्य संघ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस रुपन्देही भैरहवा विच औषधि उपचार सहुलियत सम्वन्धि सम्झौता भएको हाे।

संघ र हस्पिटलबीच सरावल गाउँपालिकामा भएको एक औपचारिक कार्यक्रममा संघका सदस्य तथा उनीहरुका परिवारले समेत औषधी उपचारमा छुट पाउने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताबमोजिम हस्पिटलले ल्याब, सीटी स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टलमा १५ देखि ३० प्रतिशत छुट दिने भएको छ । यसैगरी आइसीयु र अपरेशन शुल्कमा २० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ । अन्य छुट सुविधामा सामान्यखालको क्याबिनमा ५० तथा डिलक्स क्याविनमा २० प्रतिशत छुट तथा होलबडी चेकअपमा २५ देखि ३० प्रतिशत छुट दिइने भएको छ ।

संघबाट पाएको सदस्यताको परिचयपत्रका आधारमा अस्पतालले दिने छुट कार्ड देखाएमा औषधीदेखि उपचारसम्म छुट सुविधा पाइने संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले पालिका भित्र रहेको अन्य ब्यवसायि संघमा आबद्ध हुन समेत आह्वान गर्दै स्वास्थ्य जस्तो सम्बेदशिल विषयमा सबै पालिकाबासी चिन्तनशिल हुन जरुरी रहेको बताउनुभयो ।

सरावल उद्योग वाणिज्य संघकाे अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे अध्यक्ष तथा पालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्दै उपाध्यक्ष हरिजनले सरावल उद्योग बाणिज्य संघले छाेटाे समयमा निकै राम्रो र उदाहरणीय काम गरिरहेकाे भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियो । सरावल उद्योग बाणिज्य संघ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस बिच औषधि उपचार सहुलियत सम्वन्धि सम्झौता भएपनि समग्र सरावल गाउँपालिका ब्यवसायिकाे लागि खुशीकाे कुरा रहेको बताउनुभयो ।

मेडिकलका कार्यकारी प्रमुख अजय कुमार पिअसले सहुलियत दरमा घर आगनमा रहेको अस्पतालले सेवासुबिधा दिइएने बताउनुभयो । यश अस्पतालले सामाजिक उतरदायित्व समेत निर्वाह गरिरहेकाले सरावल उद्योग बाणिज्य संघमा आबद्ध हुने ब्यक्ति र तिनका परिवारलाई औषधी उपचार गराउँदा विशेष छुट सहित विभिन्न सुविधा उपलब्ध गराउने जानकारी दिनुभयाे। अस्पतालले अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिबाट सेवा प्रवाह गरिरहेकाेले सरावल उद्योग वाणिज्य संघसंगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयाे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा , मेडिकलका सुचना अधिकारी सुशील गुरुङ लगाएतले स्वास्थ्य क्षेत्र उन्नत र सर्वसुलभ स्वास्थ्य सेवासुबिता दिने भएकोले सरावल निवासीलाई सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]