३० चैत्र २०८१, आइतबार

पश्चिम नवलपरासी सहित गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह

Logo
लुम्बिनी परिवेश मंगलबार, साउन २२, २०८१

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा  १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुलाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाण्डौको कपनमा  ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुना लगायतका जल मापन  केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ । यससँगै अरु विभिन्न क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

मकवानपुरको बकैया नदी जुरेलीबजार बाढीमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले बकैया नदीको बारासम्मकै तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेले सर्तकता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार  सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान बजार, सप्तरीको रुपनी बजार क्षेत्र भई वहने बिरिङ, चिस्याङ, लोहन्द्रा, केशलिया नदी र अन्य स–साना खोलामा पनि आकास्मिक बहावको जोखिम रहेको छ ।

यसैबीच,  आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।

आज र भोलि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।

यस्तै राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]