

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिनुभयो।
बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताउनु भयो । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको बताए ।साथै उनले दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्रि गरेको पाइए ५० हजार जरिवान हुने र त्यस पछि पनि बध नगरिएको विक्रि गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए । बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्रि वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरे ।
नगरपालिकाले लामो समय देखि मासुन्य बस्तु(खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू समेत गरिसकेको छ ।