३० चैत्र २०८१, आइतबार

प्याब्सन नवलपुरको “मोडल युनाइटेड नेसन्स” कार्यक्रम सुरु

Logo
Lumbini Paribesh शुक्रबार, भाद्र १४, २०८१

देवचुली । निजि तथा आवसिय विद्यालयहरुको छाता संगठन प्याब्सन नवलपुरको “मोडल युनाइटेड नेसन्स” कार्यक्रम विश्वज्योति माविमा सुरु भएको छ । जिल्लाका ३६ वटा विद्यालयका १२४ जना विद्यार्थीहरुको सहभागितामा दुई दिने प्रशिक्षण आजबाट सुरु भएको हो ।

आज र भोली संचालन हुने कार्यक्रमका सहभागीलाई विभिन्न समुहमा विभाजन गरी ४ वटा सभाहलमा प्रशिक्षण दिईनेछ । सो अवसरमा युवाहरुको व्यक्तित्व र नेतृत्व विकास, युवाहरुको नवीन सोचलाई कसरी विश्व स्तरमा पुर्याउने, संयुक्त राष्ट्रसंघमा युवाहरुका विचारहरु कसरी प्रस्तुत गर्ने साथै खोज अनुशासन र अनुसन्धानका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षित गरिनेछ ।

तालिमको औपचारिक सत्रमा युथ थिंकर्स सोसाईटीको डब्लु.एच.ओ कमिटिका तर्फबाट एजेण्डा लिडर ओएसिस अधिकारी, यूएन महिला कमिटिको तर्फबाट एजेण्डा लिडर स्रियसी भण्डारी, यूएनइपी कमिटिका तर्फबाट एजेण्डा लिडर प्रतिष्ठा पौडेल,एफएओ कमिटिका तर्फबाट एजेण्डा लिडर सम्राट अर्याल, कार्यक्रमको व्यवस्थापक विद्यालयको तर्फबाट प्याव्सन नवलपुरका उपाध्यक्ष तथा विश्वज्योति आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल डा.प्रदिप बास्तोला र कार्यक्रमका प्रमुख अतिथि तथा आयोजक संस्था प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले वर्तमान पुस्ताका विद्यार्थीहरु भोलीका दिनमा विश्व बजारमा बिक्नका लागि र विश्व स्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि पनि यस किसिमका कार्यक्रमहरु सहायकसिद्ध हुने बताउनु भयो । उहाँले विद्यार्थीको शिक्षण सिकाईलाई टेवा पुग्ने कुनैपनि कार्यक्रम गर्न प्याब्सन तयार रहेको बताउनुभयो ।

दुई दिनसम्म संचालन हुने मोडल युनाइटेड नेसन्स कार्यक्रममा नवलपुर जिल्लामा रहेका संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । जसमा शान्तिदीप एैकेडेमी, मुनलाईट आदर्श पब्लिक ऐकेडेमी, गैडाकोट ईङलिस स्कुल, शान्तिदिप बोर्डिङ स्कुल, थुम्कीदेवि ब्राइट फ्यूचर  स्कुल, ज्ञानकुञ्ज ईङ्गलिस बोर्डिङ्ग स्कुल, सेन्टपल ईङ्गलिस स्कुल, सुर्योदय विद्या मन्दिर, नारायणी ईङ्गलिस सेकेन्डरी स्कुल, ओएसिस ईङ्गलिस बोर्डिङ्ग स्कुल, गैंडाकोट नमुना सेकेन्डरी स्कुल, नवलपुर सेकेन्डरी बोर्डिङ्ग स्कुल, गोल्डेन फ्युचर ईङ्गलिस बोर्डिङ्ग स्कुल, गण्डकी सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कुल, वाईस भिजन बोर्डिङ्ग स्कुल, सिद्धार्थ शान्ति निकेतन, भुपु सैनिक स्कुल, स्मल हार्ट ऐकेडेमी, विश्वज्योती सेकेन्डरी स्कुल, अर्पण सेकेन्डरी स्कुल,मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कुल, आरुङ्गखोला ईङ्गलिस सेकेन्डरी स्कुल, मध्यविन्दु स्काईलाईन बोर्डिङ्ग स्कुल, सरस्वती निकेतन, सिद्धार्थ ईङ्गलिस बोर्डिङ्ग स्कुल, नोबेल ऐकेडेमी, लुम्बिनी बोर्डिङ्ग स्कुल, युनिक सेकेन्डरी स्कुल, नवलपुर ऐकेडेमी, बालविकास ईङ्गलिस बोर्डिङ्ग स्कुल, लिटिल स्टेप ऐकेडेमी, आरम्भ ऐकेडेमी, कन्टीनेन्टल ईङ्गलिस बोर्डिङ्ग स्कुल, बिजय सामुदायिक शिक्षा सदन साईनिङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुल रहेका छन् ।

कार्यक्रमको अध्यक्षता युथ थिङ्कर सोसाईटी चितवनकी अध्यक्ष न्रिपा गौतमले गर्नुभएको थियो । सोसाइटीका उपाध्यक्ष तथा प्याब्सन नवलपुर मोडल युनाइटेड नेसन्स कार्यक्रमका संयोजक आशिष उप्रेतीकोे स्वागत मन्तव्य रहेको कार्यक्रमको  सहजीकरण युथ थिङ्कर सोसाईटीका बोर्ड मेम्बर द्रिष्या अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]