३० चैत्र २०८१, आइतबार

पाँचथर बम विष्फोट अपडेट : घाइते दाजुबहिनीको मृत्यु, एक बालकको अवस्था सामान्य

Logo
Lumbini Paribesh शुक्रबार, भाद्र १४, २०८१

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएका तीन मध्य दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको पनि मृत्यु भएको हो ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा पठाइएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खेलिरहेको ठाउँमा भेटिएको बम बिस्फोट हुँदा डाँडागाउँका दिलिप सावाँका ११ वर्षिय छोरा दिप्सन, अढाइ वर्षकी छोरी प्रिन्सा र स्थानीय ९ वर्षिय पवन राई घाइते भएका थिए ।

स्थानीयका अनुसार अपरान्ह ठुलो आवाजमा विष्फोट भएको थियो । घाइते पवन राईले खेलिरहेको अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताएका छन् । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । विस्फोट भएको घरका धनी आइतराज केरुङ माओवादी कार्यकर्ता हुन् ।

घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]