२९ चैत्र २०८१, शनिबार

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीद्धारा गाडी सुविधा फिर्ता

Logo
Lumbini Paribesh बुधबार, भाद्र ०५, २०८१

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले गाडी सुविधा फिर्ता गरेका छन् । नेकपा (एमाले) का निवर्तमान संसदीय दलका नेता समेत रहेका गिरीले सुविधामा पाएको सवारीसाधन तथा अन्य सेवा फिर्ता गरेका छन् । पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको पालामा पूर्व विशिष्टहरुलाई सेवा दिने कानून बनेपछि यसैलाई टेकेर सबैले गाडी लगेर हिंडेका थिए ।

गाडीसँगै चालकको खर्च, इन्धन र मर्मतमा धेरै बिल आउन थालेपछि कर्मचारीलाई यसको व्यवस्थापनका लागि समस्या परेको जनाएका छन् । लुम्बिनी प्रदेशको कानूनबमोजिम प्रयोग गर्न पाउने सवारीसाधन फिर्ता गरेको उनको सचिवालयले जनाएको छ गिरीले लुम्बिनी प्रदेश सभा सचिवालयबाट हस्तान्तरण भएको लु १ झ ७५३ नम्बरको स्कारपियो गाडी २०८१ भदौ ४ गतेदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सभा सचिवालयमा फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभ पुनलाई गाडीको चाबी र उपलब्ध कागजात हस्तान्तरण गरिएको उनको सचिवालयले जनाएको छ । निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा रहँदा कहिल्यै र कहीँकतैबाट पनि दोहोरो र कानूनविपरीतको सेवासुविधा नलिएको समेत उनको सचिवालयले स्पष्ट पारेको छ । वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वविशिष्टहरुको सेवा दिने यसअघिका सरकारको गलत निर्णय भएको स्वीकार गर्दै आफूले त्यसप्रकारको सुविधा नलिने घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पनि आफ्नो सेवाअवधि सकिएपछि यस प्रकारको सुविधा नलिने प्रतिवद्धता जनाएका छन् । यसअघि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पनि गाडी सुविधा फिर्ता गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]