३० चैत्र २०८१, आइतबार

स्याङ्जा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Logo
Lumbini Paribesh बुधबार, भाद्र ०५, २०८१

स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । वि.सं. २०३७ सालमा स्थापना भएको जिल्ला कारागारमा ५० पुरुष र १५ महिलाको क्षमता रहेको छ ।

६५ जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ४४ जना कैदीबन्दी रहेको कारागारका जेलर दिनेश शर्मा मरासिनीले जानकारी दिए । उनका अनुसार एक सय ३९ पुरुष र पाँच महिला कारागारमा रहेका छन् ।

कारागारमा रहेका कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका ३४ जना, कर्तव्य ज्यानका २७ जना, लागूऔषधका २४ जना, हाड-नाता करणीका १३ जनासहित २७ मुद्दाका कैदीबन्दी रहेको जेलर शर्माले बताएका छन ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]