०१ बैशाख २०८२, सोमबार

आफ्नै उम्मेदवार हराउन लागेको भन्दै कांग्रेसका महामन्त्री खनालसित पार्टीले माग्याे स्पष्टीकरण

Logo
लुम्बिनी परिवेश शनिबार, भाद्र ०१, २०८१

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिले स्पष्टीकरण साेधेकाे छ।

२०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का कांग्रेस उम्मेदवार देबेन्द्रराज कंडेल र निर्वाचन क्षेत्र १ का पार्टीका आधीकारीक उम्मेदवार बिनोद चौधरीलाइ हराउन गुटगत भेला गरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई घण्टीमा भोट हाल्न योजना बनाई निर्देशन गरेको अडियो टेप समेत बाहिरिएको थियो।

यसरी सुनियोजित तरिकाले हराउन भूमिका खेलेको भन्दै परेको उजुरीका आधारमा अनुसशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो ।

पार्टीका अधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको र आफ्ना नजिकका पार्टी पदाधिकारी तथा कार्यकर्तालाई भेला गराई अन्य पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन गरेको लगायतकाबारे केन्द्रिय अनुशासन समितिमा उजुरी परेको थियो।

सोही आधारमा अनुशासनको कार्वाही प्रक्रिया स्वरुप श्रावण १६ गते ७ दिने स्पष्टीकरण पत्र काटिएको केन्द्रिय कार्यालयले जानकारी दिएको छ।

उनीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमा कार्यकर्ताहरुलाई निर्देशन दिएको राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई जिताउने कार्यमा विपक्षी दलहरुसंग निरन्तर समन्वय र वैठकहरु गरेको लगायतका आरोप उजुरीकर्ताले लगाएका थिए ।

महामन्त्री खनालले भने आरोपहरु सत्य नभएको दावी सहित स्पष्टीकरण बुझाएको बताए । महामन्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरु संस्थापन पक्षका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]