०१ बैशाख २०८२, सोमबार

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन

Logo
Lumbini paribish शनिबार, भाद्र ०१, २०८१

नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो ।

यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन् ।

यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका दिए ।

मुख्यमन्त्रीका लागि दावी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट भएर प्रदेश प्रमुखको कार्यालयमा नगई घर फर्केका थिए । गिरी शनिबारको संसदीय दलको वैठकमा उपस्थित भएनन् ।

गिरीले संसदीय परम्परा, विधि र प्रक्रिया मिचेर मुख्यमन्त्री चयन भएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग तत्काल असन्तुष्टि पोख्दै दलको नेताबाट राजीनामा दिएको पत्र पठाएका थिए ।

दलको उपनेता चयन भएका भोजप्रसाद श्रेष्ठले सर्वसम्मतरुमा दलको नेता, उपनेता चयन भएका र प्रमुख सचेतक र सचेतक नियुक्ति पनि सहमतिमै भएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]