०१ बैशाख २०८२, सोमबार

लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन : तीन जना मन्त्री नियुक्त हुन बाँकी

Logo
लुम्बिनी परिवेश शनिबार, भाद्र ०१, २०८१

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त हुन बाँकी नै छ । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रिक्त छन् ।

मुख्यमन्त्री आचार्य सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र अरू चार दलसँग निरन्तर छलफलमा हुनुहुन्छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले तीन जना मन्त्री छिट्टै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दललाई दिने तयारी छ ।

कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय दिने तयारी छ । अहिले सरकारमा चार मन्त्रालयसहित सहभागी भएको कांग्रेसको भागमा पाँच मन्त्रालय परेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]