०१ बैशाख २०८२, सोमबार

संसारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको श्रीकृण्णधाम सुनवलमा कृष्ण जन्माष्टमीमा ३ दिन मेला हुने

Logo
लुम्बिनी परिवेश शनिबार, भाद्र ०१, २०८१

संसारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको श्रीकृण्णधाम सुनवल ४ रमवापुरमा कृष्ण जन्माष्टमी पुजा हुने भएको छ ।

श्री कृष्ण जन्माष्टमी पुजा व्यवस्थापन मुल समतिको अयोजनामा यहि भदौं ८,९ र १० गते कृष्ण जन्माष्टमी पुजा सहित कृष्ण लिला र कृष्ण महिमा सम्वन्धी प्रर्वचन समेत हुने पुजा व्यवस्थापन मुल समिति समारोहका संयोजक मोहन कार्किले जानकारी दिनुभयो

श्रीकृष्ण जमाष्टमी पुजा र विविध सांस्कृतिक कार्यक्रमबाट संकलित रकम जेष्टनागरिक संरक्षण अक्षयकोषमा रहने संयोजक कार्किले बताउनुभयो । सोहि अवसवरमा कृष्ण भजन चुट्का प्रतियोगीता र कृष्ण संग सम्वन्धीत तिज गित प्रतियोगीता समेत हुने पुजा व्यवस्थापन समितिले जनाएको छ ।

पुजा सम्पनन गर्नको लागी २ सय ५१ सदस्यीय समितिमा विभिन्न उपसमितिहरु पनि रहेका छन् । पुजालाई सफल वनाउन विभिन्न उवपसमितिहरु एवं विभिन्न संघ सस्थाहरु संग समेत मुल समितीले छलफल गरेको छ । सामुहिक छलफलमा वोल्दै श्री कृष्ण जन्माष्टमी पुजा व्यवसथापन मुल समितीका संलाहाकार संयोजक एवं सुनवल नगरपालिकाका पुर्व नगरप्रमुख भिम वहादुर थापाले सुवनललाई धार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान गराउनको लागी श्रीकृष्णअष्टमी पुजाले महत्वपुणर् भुमिका खेल्ने बताउनुभयो ।

त्यस्तै धार्मिक पर्यटनबाट समग्र सुनवलको विकासमा पनि यसले महत्वपुणर् भुमिका खेल्ने थापाको भनाई छ । भदौं ८ गते देखि धुमधामका साथ हुने पुजा तथा विविध संस्कृतिक कार्यक्रमको लागी तयारीलाई व्यापक वनाइएको पुजा व्यवस्थापन समतिले जनाएको छ । साथै श्री कृष्णअष्टमीको अवसरमा श्रीकृष्ण पुजा तथा विविध संस्कृतिक कार्यक्रमलाई सफल बनाउन उपस्थीत आमा समुह , महिला समुह, तथा विभिन्न संघ संस्थाहरुले ऐक्यवद्धता जनाएको पुजा व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा समाजसेवि धार्मिक तथा सामाजिक अभियान्ताहरुको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचललन कार्य सम्पादन समिति सदस्य समिक्षा बलालले गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]