०१ बैशाख २०८२, सोमबार

बगनासे साँचोको प्रवर्द्धन गर्दै पाल्पास्थित बगनासकाली गाउँपालिका

Logo
Lumbini Paribesh शनिबार, भाद्र ०१, २०८१

पाल्पा । बगनासकाली गाउँपालिकाले बगनासे साँचोको प्रवर्द्धन गर्ने भएको छ। लोप हुँदै गएको पुरानो साँचोलाई प्रवर्धन गर्न लागेको हो। बजेट नै विनियोजन गरेर पुरानै स्वरूपमा साँचो उत्पादन गर्ने तयारी गरेको छ। गत आवमा करिब २ लाख बजेट विनियोजन गरेर २ सयभन्दा बढी साँचो बनाएको दलित समन्वय समिति बगनासकालीका संयोजक तेजप्रसाद रसाइलीले बताउनुभएको छ ।

शुक्रवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर साँचो सार्वजनिक तथा वितरण गरिएको छ। यहाँका दलित समुदायका केही व्यक्तिले यो साँचो बनाउँदै आएका भए पनि पछिल्लो समय यो साँचो लोप हुँदै गएको छ। स्थानीय खुमबहादुर विश्वकर्माले बगनासे साँचो बनाउँदै आएका छन्। प्रति साँचो ८५० रुपैयाँका दरले २२२ वटा साँचो गाउँपालिकाले उनीसँग खरिद गरेको छ। फुटकर बिक्री गर्दा एउटा साँचोको मूल्य १ हजार रुपैयाँ पर्ने विश्वकर्माले बताए। गाउँपालिकाको लगानीमा बनेका साँचो पालिका र मातहतका सबै सरकारी कार्यालयमा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन्। गाउँपालिकाको पहिचानको रूपमा रहेको बगनासे साँचो उत्पादन गर्न यहाँका अरु युवालाई पनि प्रोत्साहित गरिनेछ। उत्पादन गरिएको साँचोको बजारीकरण गर्ने व्यवस्था गाउँपालिकाले गर्नेछ।

साँचो उत्पादनबाट यहाँका युवाहरुलाई स्वरोजगार बनाउने योजना रहेको उनले बताइन्। बगनासे साँचो बलियो र सुरक्षित रहेको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए। आगामी दिनमा तालिम दिएर व्यावसायिक रूपमा साँचो उत्पादन गर्न यहाँका युवालाई गाउँपालिकाले सहयोग गर्ने उनले बताए। बगनासे साँचोलाई जिल्लाबाहिर पनि बिक्री गर्ने गरी ब्राण्डिङ गर्न पालिकाले योजना बनाएर काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले जानकारी दिनुभयो।

दलित युवालाई यो पेशामा जोड्ने खालका कार्यक्रम ल्याउन दलित समन्वय समितिका सदस्य सीता सुनारले सुझाइन्। समितिका सचिव गणेश नेपालीले साँचोको विशेषता स्पष्ट पारे। उनका अनुसार यो साँचो २ वर्षसम्म प्रयोग गर्न सकिन्छ। सुरक्षित साँचोको रूपमा यसको विश्वसनीयता कायम गर्दै पालिकाभित्र रहेका विभिन्न कार्यालय र घरमा प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने नेपालीले बताए। यसको प्रचारप्रसार गरेर बजारको विस्तार गर्न सके यहाँको आर्थिक उन्नतिमा टेवा पुग्ने उनको बुझाइ छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]