११ बैशाख २०८२, बिहिबार

तिनाउ आसपासको जङ्गलमा देखिएको भनिएको बाघ नियन्त्रणका लागि प्राविधिक टोली रुपन्देहीमा

Logo
Lumbini Paribesh शुक्रबार, साउन ३२, २०८१

तिलोत्तमा ।रुपन्देहीको तिनाउ आसपासको जङ्गलमा बाघ देखिएपछि नियन्त्रणको प्रयास थालिएको छ । प्राविधिक टोलीले क्यामेरा जडान गरेर बाघ नियन्त्रणको प्रयास थालेको हो । पछिल्लो दुई साता यता सियारी, शुद्धोधन र तिलोत्तमाको तिनाउ आसपास जङ्गलमा बाघ देखिएको भन्दै यहाँका स्थानीय त्रसित भएका छन् । स्थानीय पालिकाले सूचना नै निकालेर सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन, सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेपछि बाघ रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि अहिले प्राविधिक टोली बोलाएर क्यामेरा जडान गरी निगरानी बढाइएको छ । मङ्गलबार रुपन्देही आएको प्राविधिक टोली बाघको वास्तविकताबारे क्यामेरामार्फत निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । ‘हामीले स्थलगत निगरानी गरेरपछि बाघ आएको भन्ने लगभग पक्कापक्की भएको थियो । त्यसपछि प्राविधिक टोली बोलाएर क्यामेरामार्फत निगरानी सुरु भएको छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली यहाँ आएको छ । बाघ भेटिएमा सो टोलीले नियन्त्रणमा लिनेछ । प्राविधिक टोलीले बुधबार बाघ आएको भनिएको सियारी गाउँपालिका –७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ । बाघ देखिएको भन्ने क्षेत्रमा चारवटा क्यामेरा जडान गरिएको छ । ‘निरीक्षण गर्ने काम सुरु भएको छ । केही दिनसम्म निरन्तर निगरानीपछि वास्तविकता बाहिर आउला’ प्रजिअ अर्यालले भन्नुभयो । गत साउन १७ मा शुद्धोधन –३ र सियारी गाउंँपालिका –७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीन बाघ देखिएको भनेपछि वडा र पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेका थिए । साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपास बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो । त्यसपछि तिनाउ आसपासका मानिस त्रसित बनेका छन् । प्राविधिकका अनुसार बाघ देखिएको भनिएको क्षेत्रमा बाघ लुक्न सक्ने ठूलो ठाउँ छैन ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@lumbiniparibesh@gmail.com