

नगर भित्र २ वटा सस्थागत र ८ वटा सामुदायिक विद्यालयहरु गरि १० वटा विद्यालयमा कक्षा १२ को पढाइ भइरहेकोमा ६३ दशमलव १६ प्रतिसत विद्यार्थी उत्तीर्ण गराउदै सबै भन्दा राम्रो नतिजा वाल्मीकि माबिको रहेको छ । बर्दघाट नगरपालिकाको नतिजामा गत बर्ष भन्दा यस बर्ष ४० प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १ हजार १ सय ३२ जना विद्यार्थीहरु मध्य ४ सय २५ जना उत्तिर्ण हुदा ३८ प्रतिसत नतिजा ल्याएको नगरले यस बर्ष १ हजार ६१ जना मध्य ५ सय ६६ जना उत्तीर्ण हुदा ५३ दसमलब ३५ प्रतिशत नतिजा रहेको छ । जुन गत बर्ष भन्दा ४० दशमलव ३९ प्रतिसतले बढी हो ।
कक्षा १२ को नतिजा हेर्दा सामुदायिक विद्यालयहरु अब्बल देखिएका छ्न । सामुदायिक विद्यालयहरु नतिजा २० दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष ८ सय १२ जना मध्ये २ सय २२ जना विद्यार्थी उत्तीर्ण हुदा २२ प्रतिसत नतिजा रहेको सामुदायिक विद्यालयमा यस बर्ष ६ सय ५१ विद्यार्थी मध्य ३ सय १० जना उत्तीर्ण हुदा ४७ दशमलव ६२ प्रतिशत नतिजा रहेको छ । नगरको समग्र नतिजा वृद्धि भए पनि नगरभित्र रहेका सस्थागत विद्यालयहरुको भने नतिजा यथास्थितिमा नै रहेको छ । गत बर्ष ३ सय २० जना मध्य २ सय ३ जना विद्यार्थी उत्तीर्ण हुदा ६३ प्रतिसत नतिजा रहेकोमा यस बर्ष ४ सय १० जना मध्य २ सय ५६ जना उत्तीर्ण हुदा ६२ दशमलव ४४ प्रतिसत नतिजा रहेको छ । जुन गत बर्ष भन्दा शुन्य दशमलव ५६ प्रतिसतले कमि हो ।
नगर भित्र २ वटा सस्थागत र ८ वटा सामुदायिक विद्यालयहरु गरि १० वटा विद्यालयमा कक्षा १२ को पढाइ भइरहेकोमा ६३ दशमलव १६ प्रतिसत विद्यार्थी उत्तीर्ण गराउदै सबै भन्दा राम्रो नतिजा वाल्मीकि माबिको रहेको छ । गत बर्ष २४ प्रतिशत उत्तीर्ण भएको यस विद्यालयले अहिले करिब ४० प्रतिशतले नतिजा वृद्धि गर्दै नगरमा उत्कृष्ट नतिजा दिएको छ । त्यसपछि कुमुदिनीको ६२ दशमलव ५८ प्रतिसत र न्यु लाइफ को ६२ दशमलव ३५ प्रतिशत नतिजा रहेको छ । त्यस्तै गङ्गा माबी ६१ दशमलव २२, सरस्वती माबी ५४ दशमलव ७२, राजा माबी ५२ दशमलव ६३, नित्यानन्द रत्नकुमारी माबी ४८, दिव्य ज्योति माबी ४६ दशमलव ११, शान्ति निकुञ्जको ४१ दशमलव ३८ र दाउन्नेदेवि माबीको ३८ दशमलव ०३ प्रतिशत रहेको छ । नतिजालाई विश्लेषण गर्दा गत बर्ष भन्दा यश बर्ष सबै सामुदायिक विद्यालयको नतिजा वृद्धि भएको छ ।
नगर भित्र कुमुदिनी माबीले ३ दशमलव ६१ जिपिए ल्याएको छ भने दिब्यज्योती माबीले ३ दशमलव ६ जिपिए ल्याएर क्रममा हाइ स्कोरमा प्रथम र दोस्रो भएका छ्न ।