०२ बैशाख २०८२, मंगलबार

एमाले वाणगंगा नगर अधिवेशनको तयारी अन्तिम चरणमा

Logo
Lumbini Paribesh सोमबार, साउन २८, २०८१

वाणगंगा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को वाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन आगामी भदौ ७ गते हुने भएको छ। सिद्धार्थ क्याम्पस वाणगंगामा हुने यस अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नगर कमिटीका सचिव विष्णु गिरीले जानकारी दिनुभएको छ।

अधिवेशनको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने कार्यक्रम रहेको छ। करिब २०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको यस अधिवेशनमा ११ वटै वडाबाट प्रतिनिधिहरू छनौट गरिनेछ।

नगर अध्यक्ष युवराज पोखरेलका अनुसार, राजनीतिक प्रतिवेदन उनी स्वयंले, सांगठनिक प्रतिवेदन सचिव विष्णु गिरीले र आर्थिक प्रतिवेदन उपसचिव चेत नारायण भण्डारीले तयार पार्नेछन् ।

अधिवेशनको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ। खाद्य व्यवस्था, प्रतिनिधि जाँचबुझ, मञ्च व्यवस्थापन, स्टेशनरी व्यवस्थापन र स्वयंसेवक व्यवस्थापन उपसमितिहरूले आ-आफ्नो जिम्मेवारी सम्हालेका छन्।

नगर कमिटीको अन्तिम बैठक श्रावण २९ गते वाणगंगा-७ को सभाहलमा हुने तय भएको छ। अध्यक्ष पोखरेलले सबै कार्यकर्तालाई अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आ-आफ्नो तर्फबाट सक्रिय सहभागिताको आग्रह गरेका छन्।

यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ। वर्तमान नगर कमिटीका धेरैजसो पदाधिकारीहरू जिल्ला कमिटीमा निर्वाचित भइसकेकाले नेतृत्वमा नयाँ अनुहारहरू आउने अपेक्षा गरिएको छ।

अधिवेशनले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने र आगामी चुनावहरूका लागि रणनीति तय गर्ने विश्वास गरिएको छ। यसले वाणगंगा क्षेत्रमा एमालेको राजनीतिक गतिविधिलाई नयाँ उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]