०२ बैशाख २०८२, मंगलबार

नवलपरासी पूर्वमा साईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

Logo
Lumbini Paribesh आइतबार, साउन २७, २०८१

नवलपुर । नवलपरासी(पूर्व)@ मध्यबिन्दु नगरपालिका ४ मदनपुर स्थित भित्रि सडकखण्डमा आज भएको साईकल दुर्घटनमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मध्यबिन्दु ४ मदनपुर बस्ने ४८ वर्षिया राम कुमारी महतोको मृत्यु भएको प्रहरीेले जनाएको छ । 

मदनपुरबाट सेहरीतर्फ जाँदै गर्दा महतोले चलाएको साईकल नियन्त्रण गुमाई सडकमा पल्टिएको जनाइएको छ । दुर्घटनामा परी उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते महतोको मध्यबिन्दु नगर अस्पताल चोरमारामा सामान्य उपचार पश्चात थप उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएकोमा उपचारको क्रममा २ बजेर २२ मिनेटमा मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी(पूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]