०२ बैशाख २०८२, मंगलबार

सडक बिस्तारमा ढिलाइ भएको भन्दै बर्दघाटमा व्यवसायीले गरे चक्काजाम

Logo
प्रकाश न्यौपाने आइतबार, साउन २७, २०८१

नारायणगढ सडक बिस्तारमा ढिलाइ भएको भन्दै बर्दघाटका व्यवसायीले बर्दघाटमा १५ मिनेट चक्का जाम गरेका छन् । कछुवा गतिमा सडक बिस्तारका भएको, बजार क्षेत्र खाल्डाखुल्डी र हिल्लाम्य भएको भन्दै बर्दघाटका ब्यवसायीहरु बिरोधमा उत्रिएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट मुख्य बजार क्षेत्रमा व्यवसायिहरुले बिहान १०‍.३० देखि १०.४५ सम्म १५ मिनेट मुख्य राजमार्ग अवरुद्ध गरेका हुन् । बर्दघाट बजार विकास समितिको अगुवाईमा ब्यवसायीहरु विरोध कार्यक्रममा उत्रिएका थिए ।

बर्दघाट बजार क्षेत्रका खाल्डा खुल्डी र हिलाम्य सडकका कारण दुर्घटनाको जोखिम बढेको, मुख्य बजार क्षेत्रमै कामले गति नलिदा सडककै दुरावस्थाका कारण आर्थिक मन्दिको अवस्थामा ब्यवसायमा असर पुगेकोले व्यवसायीहरु आन्दोलनमा उत्रनु परेको बर्दघाट बजार विकास समितिका अध्यक्ष गोबिन्द पाध्याले बताउनु भयो । ‘निर्माण कम्पनी र स्थानीय सरकारको पटकपटक ध्यानाकर्षण गराउँदासमेत कसैले चासो नदेखाउने ।’ पाध्याले भन्नुभयो । व्यवसायीहरुले तिरेको करले राज्यको सेवा लिने तर व्यवसायीको मर्का कोहि कसैले नबुझेको पाध्याको भनाई छ ।

स्थानिय सरकारले सम्बन्धित ठेकेदार कम्पनीलाई बजार क्षेत्रको सडक द्रुत गतिमा निर्माण गर्न दवाब दिइनुपर्ने,खाल्डाखुल्डी पुर्न यथाशीघ्र पहल गर्नु पर्ने स्थानीय ब्यवसायिहरुको माग छ । नागरिक स्तरबाट विभिन्न दवावमुलक कार्यक्रम गर्दै आईएपनी बर्षायाममा बर्दघाट मुख्य बजार क्षेत्र देखि चिसापानी सम्मको सडक हिल्लाम्य हुँदा दिनहुँजसो दुर्घटना हुने गरेको छ । पानी पर्दा हिलो र खाल्डाखुल्डीले चिसापानी सम्मको करिब १ किलोमीटर सडकको यात्रा निकै जोखिमपूर्ण रहेको छ ।

विभिन्न माध्ययमबाट पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले आलटाल गर्दै आईरहेको छ भने नदिजन्य पदार्थको अभाव देखाउँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]