०७ बैशाख २०८२, आइतबार

रुसी सेनामा मारिएका पाँच जनाको अस्तु पशुपतिमा सेलाइयो

Logo
लुम्बिनी परिवेश बिहिबार, साउन २४, २०८१

रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्तु नेपाल आइपुगेको छ ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल आइपुगेको हो ।

रुसी सेनामा मारिएका नेपालीहरुको अस्तु पहिलो पटक नेपाल आइपुगेको हो । बुधबार रुसबाट आएको मृतकको अस्तु बुझेको मृतकका परिवारले जनाएका छन् ।

उनीहरुले बिहीबार सामूहिक रुपमा अस्तु पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]