

नवलपुरमा मासु खाँदा घाँटीमा हड्डि अड्किएर एक जनाको मृत्यु भएको छ ।
नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १ गंगानगरमा छोरी कमला रानाभाटको घर पाहुना आएका कमलाका बुवाको मृत्यु भएको हो । तनहुँको भिरकोट नगरपालिका ३ पिपलबारी बस्ने ५९ बर्षीय अमबहादुर राना मगरको मृत्यु भएको हो ।
मंगलबार छोरीको घर आएका उनको बुधबार बिहान खाना खाने क्रममा घाँडीमा हड्डि अड्किन गई विरामी भई तत्काल उपचारको लागि चितवनको सरकारी अस्पताल भरतपुर लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।